दफा
चिकित्सक वा स्वास्थ्यकर्मीको नाम सूचीबाट हटाउने वा निलम्बन गर्ने

(१) महानिर्देशक वा निजले तोकेको अधिकारीले मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख.  नं. मा उल्लिखित व्यवस्था विपरीत सेवा उपलब्ध गराउने चिकित्सक वा स्वास्थ्यकर्मीको नाम सूचीबाट हटाउनेछ ।
(२) महानिर्देशक वा निजले तोकेको अधिकारीले यस प्रक्रियामा उल्लिखित व्यवस्था विपरीत सेवा उपलब्ध गराउने चिकित्सक वा स्वास्थ्यकर्मीको नाम विभागले  तोकेको अवधि सम्मको लागि सूचीबाट निलम्बन गर्न सक्नेछ ।
(३) महानिर्देशक वा निजले तोकेको अधिकारीले उपदफा (१) वा (२) बमोजिम कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको नाम सूचीबाट हटाउने वा निलम्बन गर्ने सम्बन्धमा निर्णय गर्नु अघि सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाई आफ्नो सफाई पेश गर्ने मौका दिनु पर्नेछ ।
(४) महानिर्देशक वा निजले तोकेको अधिकारीले उपदफा (१) वा (२) बमोजिम कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको नाम सूचीबाट हटाउने वा निलम्बन गर्ने गरी गरेको निर्णयमा चित नबुझ्ने चिकित्सक वा स्वास्थ्यकर्मीले त्यस्तो निर्णयको जानकारी प्राप्त गरेको मितिले पैंतीस दिनभित्र स्वास्थ्य मन्त्रालयको सचिव समक्ष निवेदन दिन सक्नेछ ।
(५) कुनै चिकित्सक वा स्वास्थ्यकर्मीले सेवा उपलब्ध गराउन नचाहेमा सो को सूचना सम्बद्ध अधिकारीलाई दिनु पर्नेछ र त्यस्तो सूचना प्राप्त हुन आएमा सम्बद्ध अधिकारीले पनि त्यस्तो चिकित्सक वा स्वास्थ्यकर्मीको नाम अनुसूची–२ बमोजिमको सूचीबाट हटाईदिनु पर्नेछ ।
(६) मुलुकी ऐन ज्यान सम्बन्धीको महलको २८ख. नं. मा उल्लिखित व्यवस्थापन विपरीत हुने गरी गर्भपतन गराउने चिकित्सक वा स्वास्थ्यकर्मीको नाम उपदफा (१) बमोजिम सूचीबाट हटाएको कारणले मात्र सोही ऐन बमोजिम कानुनी कारबाही गर्न बाधा पु¥याएको मानिने छैन ।